काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याउनुभएको छ ।
त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ र माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५ प्राप्त गर्नुभएको छ ।