Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सप्तरी–२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि

सप्तरी–२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि

  • मंगलवार, मंसिर ६ २०७९

  • 754
    SHARES

  • सप्तरी–२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि
    काठमाडौं । निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले दोब्बर मतले अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ ।
     
    अहिलेसम्म गनिएको मतमा जनमतका अध्यक्ष राउतले ११ हजार ६ सय ६९ मत ल्याउनुभएको छ ।
     
    एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याउनुभएको छ । यादव राउतभन्दा ५ हजार ८ सय २३ मतले पछाडि हुनुहुन्छ । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याउनुभएको छ।
     
    सप्तरी–२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।


    मंगलवार, मंसिर ६ २०७९०८:००:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij