Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

गुल्मी–१ को अर्बेनीमा पुनः मतदान जारी

गुल्मी–१ को अर्बेनीमा पुनः मतदान जारी

  • मंगलवार, मंसिर ६ २०७९

  • 739
    SHARES

  • गुल्मी–१ को अर्बेनीमा पुनः मतदान जारी

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ ।

    मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यसैले भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनुभयो ।

    यो केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने छ । गुल्मी १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।

    गुल्मी क्षेत्र नम्बर २ को भने मतगणना जारी छ । नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पार्नुभएको छ ।


    मंगलवार, मंसिर ६ २०७९०८:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij