Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगन थापाको जित सुनिश्चित

गगन थापाको जित सुनिश्चित

  • मंगलवार, मंसिर ६ २०७९

  • 442
    SHARES

  • गगन थापाको जित सुनिश्चित

    काठमाडौं।काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सुनिश्चित भएको छ।

    प्रतिष्पर्धी नेकपा एमालेका राजन भट्टराईसँगको मतान्तर गणना हुन बाँकी रहेका मत भन्दा बढी भएपछि थापाको जित सुनिश्चीत भएको हो । भन्दा प्रतिष्पर्धी राजन भट्टराईसँग उहाँको मतान्तर बढी भएको छ।

    थापाले १९ हजार १४ मत ल्याउदा प्रतिष्पर्धी भट्टराईले १३ हजार २३ मत पाउनु भएको छ । दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ।

    अब काठमाडौं महानगरपालिका ३० नम्बर वडाको मात्रै मतगणना बाँकी छ। त्यो वडामा जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ।

    यो कांग्रेसको पकड रहेको वडा हो। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ।


    मंगलवार, मंसिर ६ २०७९११:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij