काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अग्रता निरन्तर कायम रहेको छ ।
हालसम्म यहाँ २९ हजार ६८६ मतगणना हुँदा शर्माले १४ हजार ९०९ मत पाउनुभएको छ ।
नेकपा एमालेका नेता अग्नि खरेलले ९ हजार ४०९ मत पाउनुभएको छ।
यहाँ शर्माले ५ हजार ५०० मतको अग्रता कायम गर्नुभएको छ।