Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचित भएपछि गगन थापाले भने– अब संसदीय दलको चुनावको तयारीमा लाग्छु

निर्वाचित भएपछि गगन थापाले भने– अब संसदीय दलको चुनावको तयारीमा लाग्छु

  • मंगलवार, मंसिर ६ २०७९

  • 593
    SHARES

  • निर्वाचित भएपछि गगन थापाले भने– अब संसदीय दलको चुनावको तयारीमा लाग्छु
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।
     
    निर्वाचन मतपरिणाम घोषणा भए लगत्तै सम्बोधन गर्दै थापाले भन्नुभयो, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’
     
    उहाँले अहिले जनताले स्थायित्व मात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताउनुभयो । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उहाँले भन्नुभयो।
     
    काठमाडौं ४ बाट २१ हजार ३०२ मतका साथ विजयी हुनुभएका थापाले मतदाताको विश्वासमाथि घात नगर्ने वाचासमेत गर्नुभएको छ । उहाँले मतदाताले दिएको जिम्मेवारी इमानदारिताकासाथ पूरा गर्ने बताउनुभयो।
     
    यसैबीच, उहाँले यो निर्वाचनमा गठबन्धनले नै बहुमत पाउने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो। तर, सबै कुराको अहिले नै विश्लेषण गर्न हतार हुने बताउनुभयो । ‘गठबन्धनले बहुमत प्राप्त गर्छ । सरकार बन्छ । सरकार बन्ने बित्तिकै राम्रो हुँदैछ भन्ने विश्वास दिलाउनु पर्नेछ । यो हाम्रोसामु चुनौती छ।’ 
     
    यसपटक नागरिकले मतसँगै आक्रोश पनि व्यक्त गरेको उहाँको भनाइ छ ।
     


    मंगलवार, मंसिर ६ २०७९०१:५१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij