Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बढ्यो रविको अग्रता, सबैलाई पछि पार्दै उक्लिए पहिलो स्थानमा

बढ्यो रविको अग्रता, सबैलाई पछि पार्दै उक्लिए पहिलो स्थानमा

  • मंगलवार, मंसिर ६ २०७९

  • 1.1K
    SHARES

  • बढ्यो रविको अग्रता, सबैलाई पछि पार्दै उक्लिए पहिलो स्थानमा

    काठमाडौं । चितवन २ मा रवि लामिछानेले एकाएक अग्रता लिएका छन् । केहिबेर अगाडीसम्म तेश्रो स्थानमा रहेका लामिछाने अहिले पहिलो स्थानमा उक्लिएका हुन् ।

    इच्छाकामना गाँउपालिकाको मत गणनाको क्रममा लामिछाने तेश्रो स्थानमा रहेका थिए भने एमालेका कृष्णभक्त पोखरेल पहिलो स्थानमा रहेका थिए । इच्छाकामना गाँउपालिका पछि कालिका नगरपालिकाको मत गणना सुरु भएपछि लामिछानेले एकाएक अग्रता लिएका हुन ।

    अहिले लामिछाने ४ हजार ४ सय १४ मतका साथ पहिलो स्थानमा रहेका छन् भने यसअघि पहिलो स्थानमा रहेका एमालेका पोखरेल अहिले ३ हजार ८ सय ७८ मतका साथ दोश्रो स्थानमा छन् ।

    यस्तै यसअघि दोश्रो स्थानमा रहेका गठबन्धनका उमेद्वार उमेश श्रेष्ठ ३ हजार ५ सय ६० को मतका साथ तेश्रो स्थानमा छन् । अहिले कालिका नगरपालिकाको मत गणना जारी छ । यसपछि भरतपुर क्षेत्रको मतगणना लामिछानेको पक्षमा मत बढी आउने आकंलन छ ।


    मंगलवार, मंसिर ६ २०७९०३:५७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij