Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

  • बुधवार, मंसिर ७ २०७९

  • 523
    SHARES

  • सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

    काठमाडौं । सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ ।

    सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो । बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भए भने जसपाका शैलेन्द्रप्रसाद साह ८ हजार २९२ मत ल्याएर पराजित भए ।

    यस्तै क्षेत्र नम्बर २ मा जनमतकै महेशप्रसाद यादव १३ हजार ३२५ मत ल्याएर विजयी भए भने पराजित माओवादीका उमेश कुमार यादवले ७ हजार २३ मत पाए ।


    बुधवार, मंसिर ७ २०७९०४:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij