काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् । एमाले उम्मेदवार तारालामा तामाङले ११ हजार ४०९ मतसहित अग्रस्थानमा छन् ।
उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी बिना मगरले ७ हजार ४०८ मत पाएकी छिन् । तामाङले मगरको भन्दा ४००१ मतान्तरले अगाडि छन् । २४ हजार २३३ मत गणना हुँदासम्म १ हजार ५३४ मत बदर भएका छन् । १० जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा राप्रपाका दिल्ली बहादुर शाहीले १ हजार ३४३ मत पाएका छन् ।
ती बाहेक अन्य कुनै पनि उम्मेदवारले हजार मत कटाउन सकेका छैनन् । मगर गठबन्धनको साझा उम्मेदवार हुन् भने तामाङ एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । तीन वटा क्षेत्र रहेको कञ्चनपुरमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले २ वटामा जित निकालेको थियो ।
अहिले भने कञ्चनपुरमा तामाङका कारण एमालेको विरासत जोगाउने देखिएको छ ।