Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वप्रकाश शर्माको सानदार जित

विश्वप्रकाश शर्माको सानदार जित

  • बुधवार, मंसिर ७ २०७९

  • 739
    SHARES

  • विश्वप्रकाश शर्माको सानदार जित

    काठमाडौं । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक भने बाजी मार्नुभएको छ ।

    उहाँले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गर्नुभएको हो ।

    एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

    पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

    दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले कार्यकर्ता पंक्तिकै असन्तुष्टिका बीच तेश्रो पटक उम्मेदवार बन्ने निर्णय गरेका थिए ।

    जितपछि शर्माले पुराना भनाइ दोहोऱ्याउँदै भने,‘पहिलो प्रतिस्पर्धा परिचयको थियो, दोश्रो अनुभवको र यो परिणामको हो ।’


    बुधवार, मंसिर ७ २०७९०६:०८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij