Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

मुलुकमा वैकल्पिक शक्तिको उदयले स्थापित राजनीतिक दलहरुमा तरंग,कस्तो बन्ला अबको सरकार ? (खासखबर)

मुलुकमा वैकल्पिक शक्तिको उदयले स्थापित राजनीतिक दलहरुमा तरंग,कस्तो बन्ला अबको सरकार ? (खासखबर)

  • बुधवार, मंसिर ७ २०७९

  • 552
    SHARES

  • मुलुकमा वैकल्पिक शक्तिको उदयले स्थापित राजनीतिक दलहरुमा तरंग,कस्तो बन्ला अबको सरकार ? (खासखबर)

    काठमाडौं । मुलुकका स्थापित राजनीतिक दलहरु सिद्धान्त र लक्ष्य बिर्सिँदै गएपछि नयाँ नेतृत्व र अनुहारको उदय भएको विश्लेषण हुन थालेको छ । शक्ति र सत्तामा मात्रै पुग्ने भोगका कारण उनीहरुप्रतिको रुझान कम हुँदै गएको राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरु आआफ्नै बलमा निर्वाचनमा होमिएको भए केही दल बिलिन भएपनि कांग्रेसलाई फाइदा हुने आंकलन हुन थालेको छ ।

    दुई ठूला पार्टी कांग्रेस र नेकपा एमाले गठबन्धन गरेर निर्वाचनमा गएपछि जनता र मतदाताको आक्रोश पलाएको राजनीतिक विश्लेषक भेषराज घिमिरेको भनाइ छ । युवाको प्रतिनिधित्व नभएको ठाउँमा नयाँ वैकल्पिक शक्तिको उदय भएको घिमिरेको बुझाइ छ ।

    उपत्यकाको मतपरिणाम हेर्दा माओवादीको विश्वा गुम्दै गएको छ । यहाँका मतदाताहरुले आफ्नो विवेकको मत नयाँ र युवा अनुहारलाई दिएका छन् । यसले राजनीतिक कोर्षमा निकै परिवर्तन ल्याएको छ ।

    भोलि यी विजयी युवाहरुको संसदमा कस्तो प्रस्तुती रहन्छ त्यसले आगामी भविष्यलाई थप स्पष्ट पार्नेछ । यतिबेला कुनैपनि दलको स्पष्ट बहुमत नआउने भएपछि सरकारको ढाँचा कस्तो बन्छ भन्ने विषयलाई चाँसोका रुपमा हेरिएको छ ।

    राजनीतिक विश्लेषक गोविन्दमान सिंह कार्कीका अनुसार सत्ता प्राप्तिका लागि गठबन्धन भएपनि फरक–फरक चिन्हबाट चुनाव लडेकोले यी दलहरुको एकता लामो समय टिक्ने संकेत देखिदैन । कांग्रेस, एमाले र तेस्रो नयाँ शक्ति सत्तामा आउने भएपछि अबको सरकार भिन्न बन्ने देखिएको छ ।

    नयाँ आउने दल र उम्मेदवारहरुलाई संसदमा प्रवेश गर्न सहज भएपनि त्यहाँ टिक्न निकै चुनौति रहेको छ। आफूसँग बहुमत नहुनु र निर्णय कार्यान्वयनमा अरुको एकलौटी हुने अवस्था आएपछि भने नवउदयमान दल अन्योलमा पर्ने खतरा छ ।



    बुधवार, मंसिर ७ २०७९०८:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij