Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डोटीबाट प्रेम आलेको लगातार तेस्रो जित

डोटीबाट प्रेम आलेको लगातार तेस्रो जित

  • बिहिवार, मंसिर ८ २०७९

  • 544
    SHARES

  • डोटीबाट प्रेम आलेको लगातार तेस्रो जित

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले संघीय संसदमा लगातार तेस्रो जित हासिल गर्नुभएको छ । आले प्रतिनिधिसभाको मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित हुनुभएको हो ।

    आले डोटीबाट ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचित हुनुभएको हो । बिहीबार बिहान सकिएको मतगणनामा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गर्नुभएको छ ।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आले सांसदमा लगातार तेस्रोपटक निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित हुनुभएको थियो ।


    बिहिवार, मंसिर ८ २०७९०७:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij