काठमाडौं । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्नुभएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ मा चुनाव लड्नु भएका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहनु भएको छ ।
डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाउनु भएको छ ।
सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उहाँले एमालेलाई धन्यवाद पनि भन्नुभएको छ ।