Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोरखा-२ मा प्रचण्ड भारी मतान्तरले विजयी

गोरखा-२ मा प्रचण्ड भारी मतान्तरले विजयी

  • बिहिवार, मंसिर ८ २०७९

  • 469
    SHARES

  • गोरखा-२ मा प्रचण्ड भारी मतान्तरले विजयी

    काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी हुनुभएको छ । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बन्नुभएको हो ।

    उहाँका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बन्नुभएको छ ।

    नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभएको छ । दाहाल विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

    गोरखा-२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।


    बिहिवार, मंसिर ८ २०७९०८:१५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij