Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यसकारण गरे प्रधानमन्त्रीले मनोचिकित्सकसँग छलफल

यसकारण गरे प्रधानमन्त्रीले मनोचिकित्सकसँग छलफल

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.7K
    SHARES

  • यसकारण गरे प्रधानमन्त्रीले मनोचिकित्सकसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संकटको समयमा उत्पन्न हुने मनोसामाजिक समस्याको विषयमा मनोचिकित्सकहरुसँग छलफल गर्नुभएको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कोरोना संकटका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रका सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्नुभएको हो ।

    छलफलका क्रममा प्रधानमन्त्रीले मनोसामाजिक समस्या सम्बोधनका लागि तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी तथा निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले विज्ञको सुझाव सुनेपछि तत्काल कोरोनाविरुद्धको परामर्शका लागि सचेतना अपनाउनु पर्ने धारणा राख्नुभयो ।

     


    मंगलवार, भाद्र २३ २०७७०४:०६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij