काठमाडौं। प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्वर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्र नाथ शुक्ला विजयी हुनुभएको छ ।
उहाँले २८ हजार मत प्राप्त गर्नुभएको छ । उहाँले कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गर्नुभएको छ । यादवले २२ हजार सात सय चार मत प्राप्त गर्नुभएको छ ।
यो लोसपाको पहिलो जीत हो । लोसपाका थप दुई उम्मेदवारले अग्रता लिइरहेका छन् ।