काठमाडौं । चितवन– २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ। उहाँ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनुहुन्छ ।
लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ। लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी हुनुभएको छ।
यस्तै तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याउनुभएको छ ।