काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी हुनुभएको छ ।
शर्माले नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
बिहीबार(आज) बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याउनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाउनुभयो ।