Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई ओलीको पहिलो फोन : अब मिल्नैपर्छ

प्रचण्डलाई ओलीको पहिलो फोन : अब मिल्नैपर्छ

  • बिहिवार, मंसिर ८ २०७९

  • 1.1K
    SHARES

  • प्रचण्डलाई ओलीको पहिलो फोन : अब मिल्नैपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् ।

    बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    ‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो– ‘सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन । त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो । अरु केपी कमरेडले मिलेर जान राखेको प्रस्तावका विषयमा सिएमले कुनै जवाफ दिनुभएन ।’

    यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ ।


    बिहिवार, मंसिर ८ २०७९०६:२२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij