Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गुल्मी–१ बाट प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी

गुल्मी–१ बाट प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी

  • शुक्रवार, मंसिर ९ २०७९

  • 1.2K
    SHARES

  • गुल्मी–१ बाट प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी
    काठमाडौं । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी हुनुभएको हो।
     
    उहाँले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाउनुभयो। अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गर्नुभएको थियो। गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।
     
    गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिनुभएको छ । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिनुभएको हो । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिनुभएको छ।


    शुक्रवार, मंसिर ९ २०७९०१:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij