Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकिन्-केदार काफ्ले

पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकिन्-केदार काफ्ले

  • शुक्रवार, मंसिर ९ २०७९

  • 733
    SHARES

  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकिन्-केदार काफ्ले

    काठमाडौं । स्याङजा कांग्रेसले आफू हार्ने निश्चित भएपछि एमालेले स्याङ्जामा मतगणना गर्न नदिएको आरोप लगाएको छ। स्याङ्जामा गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालको उमेदवारी रहेको सो क्षेत्रमा गुरुङका लागि सत्ता गठबन्धनले निर्वाचनको दिन चार बुथमा धाँधली गरी बुथ कब्जा गरको एमालेको आरोप छ ।

    चापाकोट नगरपालिका वडा ३, ४ र ५ का विभिन्न बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गर्दै अहिलेसम्म मतगणना रोकेको छ ।

    एमालेको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले पनि साथ दिँदै आएका छन् ।उनिहरुले विदेश भएका र मृत्यु भैसकेका मतदाताको नाममा समेत मतदान गरेको र देशैभर ६०÷६२ प्रतिशत मात्रै मत खसेकोमा त्यहाँका कब्जा गरिएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खस्नु आफै रहस्यमयी रहेको भन्दै मतगणना सुरु गर्न नदिएका हुन् ।

    आज नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै उनीहरुको आरोपमा कुनै सत्यता र आधार नभएको भन्दै आम मतदाताको मताधिकार तथा सहभागीतामा विश्वास नगरी एमालेका उमेदवार पद्मा अर्यालले स्याङ्जा २ मा आफ्नो हार निश्चित देखेर अनावश्यक विवाद निकालेको आरोप लगाउनुभयो ।

    अर्यालले गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमै लिएर डर धम्की देखाएर मतपत्र कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्नुभएको छ ।

    भने कांग्रेसले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेको छ । मतगणना तत्काल सुरु नगरे कांग्रेसले आन्दोलनका थप कार्यक्रम चर्काउने उहाँको चेतावनी छ ।


    शुक्रवार, मंसिर ९ २०७९०४:५३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij