काठमाडौं । चुनाव हारेपछी माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिनुभएको हो ।
बराल गुल्मी क्षेत्र नम्बर १ ९२० मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो। उहाँलाई एमालेका चिन्तामणि पाण्डेले पराजित गर्नुभएको हो।
बरालले प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभएको छ ।
बराल २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री समेत बन्नुभएको थियो ।