काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत नकट्ने भएकाले गठबन्धनकै अर्को दलमा जोड्ने जस्ता कार्य हुनसक्ने भन्दै पार्टी पङ्क्तिलाई सजग रहन निर्देशन दिनुभएको छ ।
ओलीले केही पार्टीको मत वृद्धि अश्वभाविक देखिएको भन्दै जिल्लामा मतगणनामा रहेकाहरू सचेत बन्न र मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको मेसेज बक्समा पठाउन आग्रह गर्नुभएको छ ।
शनिवार विहानदेखि नेकपा एसको मत अश्वभाविक बढेपछि एमालेले आफ्ना गणकहरुलाई सचेत गराएको एक नेताले बताउनुभयो । नेकपा एसले थ्रेसहोल्ड नकट्ने सम्भावना देखिएपछि गठबन्धनभित्रैबाट गम्भीर चलखेल भएको एमालेको आशंका छ ।