Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

झलनाथ खनाल महेश बस्नेतभन्दा २,१९९ ले पछाडि,५,९३५ मत गन्न बाँकी

झलनाथ खनाल महेश बस्नेतभन्दा २,१९९ ले पछाडि,५,९३५ मत गन्न बाँकी

  • आइतवार, मंसिर ११ २०७९

  • 483
    SHARES

  • झलनाथ खनाल महेश बस्नेतभन्दा २,१९९ ले पछाडि,५,९३५ मत गन्न बाँकी

    काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल निरन्तर पछाडि हुनुहुन्छ । अहिलेसम्म नेकपा (एमाले)का उमेदवार महेश बस्नेतले खनालले भन्दा दुई हजार १९९ मत बढी पाउनुभएको छ ।

    निर्वाचन कार्यालय इलामले दिएको जानकारीअनुसार बस्नेतले २३ हजार ९५ मत ल्याउनुभएको छ । खनालले २० हजार ८९६ मत प्राप्त गर्नुभएको छ । कार्यालयका अनुसार अब पाँच ९३५ मत गन्न बाँकी छ ।

    मतान्तरमा निरन्तर पछाडि परेपछि खनालले हिजो इलाममा पत्रकार सम्मेलन गरी गडबड भएको आरोप लगाउँदै परिणाम अस्वीकार गर्ने घोषणा गर्नुभएको थियो ।


    आइतवार, मंसिर ११ २०७९०२:२१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij