काठमाडौं । दोलखामा मंसिर ४ गते भएको निर्वाचनका क्रममा आधा दर्जनभन्दा बढी बुथ कब्जा गरेर मतदान गरिएको पुष्टी भएको छ ।
मतदानको क्रममा धेरै मतदान केन्द्रलाइ अशान्त बनाइएको र धाँधलीपुर्ण रुपले बुथ कब्जा गरीएको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ ।
मतदानको दिन वैत्यश्वरको गैरिमुदी र नाम्दु,तामाकोशीका जफे र मालु,गौरीशंकरको जुँगु तथा मेलुङ्को भेड्पु तथा कालिन्चोक र शैलुङका गरी आधा दर्जन बुथ नियन्त्रणमा लिइएको पाइएको छ ।
ती सबै बुथमा सत्ता गठबन्धनका कार्यकर्ताले कब्जा गरेका थिए ।कतिपय बुथमा कर्मचारी र प्रहरीमाथि समेत कुटपिट गरेको पाइएको छ ।
मतदानका लागि सहयोग गर्न खटिएका कर्मचारीदेखि प्रहरीले समेत बुथ कब्ज भएको बयान आयोगसमक्ष दिएका छन् । प्रमुख जिल्ला अधिकारी नै बुथ कब्जको सहयोगी बनेको अनुसन्धानका क्रममा देखिएको आयोग स्रोतले जनाएको छ ।