मिलन घिमिरे, रामेछाप । गाउँपालिका अध्यक्षसहित रामेछापमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, रामेछापले जनाएको छ ।
संक्रमित गाउँपालिका अध्यक्ष खड्का शरीर बन्धक बनाएर जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा विगत एक महिनादेखि प्रहरी नियन्त्रणमा रहेका छन् ।
अध्यक्ष खड्कासँगै प्रहरी हिरासतमा रहेका अर्का एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत एक ट्राफिकसहित तीनजना प्रहरी कोरोना संक्रमण पुष्टि भएको छ भने एकजना मन्थली नगरपालिका –२ टेकनपुरकी महिला रहेकी छिन् ।