Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकपमा आज चार खेल  हुँदै, को–को खेल्दैछन् ?

विश्वकपमा आज चार खेल  हुँदै, को–को खेल्दैछन् ?

  • सोमवार, मंसिर १२ २०७९

  • 1.2K
    SHARES

  • विश्वकपमा आज चार खेल  हुँदै, को–को खेल्दैछन् ?
    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार(आज) चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई दुई खेलहरू हुनेछन् ।
     
    पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । क्यामरुन र सर्बियाले पहिलो खेल हार व्यहोरेका थिए ।
     
    दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । कोरिया र  घानाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा रहेको छ । घाना पनि पहिलो दोस्रो जित चाहन्छ ।
     
    विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । समूह ’जी’ मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९ः४५ बजे सुरु हुनेछ । ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् 
    त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ ।  उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ  ।
     
    कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भइरहेको  विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
     


    सोमवार, मंसिर १२ २०७९०७:१५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij