Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन (सूचनासहित)

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन (सूचनासहित)

  • सोमवार, मंसिर १२ २०७९

  • 2.0K
    SHARES

  • कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन (सूचनासहित)
    काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।
     
    श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो।
     
    इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ।
     
    भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ। दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ। सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ।
     
    koria.jpg


    सोमवार, मंसिर १२ २०७९०७:३६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij