काठमाडौ– काठमाडौको कलंकीमा रहेको रिचमण्ड कलेजमा पत्रकार र कलाकारका छोराछोरीहरुलाई भर्ना शुल्क नलाग्ने व्यवस्था गरिएको छ । कलेज र नेपाली रेडियो नेटवर्कबीच भएको सम्झौता बमोजिम रेडियोको सिफारिसमा कलाकार र पत्रकारका छोराछारीलाई भर्ना शुल्कमा पुरै छुटको व्यवस्था गरिएको रेडियोका समाचार निर्देशक जीवन भण्डारीले जानकारी दिनुभयो। कलेजका प्रवन्ध निर्देशक तथा क्याम्पस प्रमुख शैलज नेपाल लामो समय पत्रकारितामा संलग्न भएको र रेडियोका निर्देशक दुर्गा रायमाझी लोकदोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष तथा रेडियोका प्रवन्ध निर्देशक अमृत अधिकारी प्रतिष्ठानका कोषाध्यक्ष भएकाले पत्रकार र कलाकारका छोराछोरीलाई भर्ना शुल्क नलिने सम्झौता भएको हो ।
न्युन शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्धेश्यसहित चलिरहेको कलेजले पछिल्लो समय शैक्षिक नतिजामा पनि धेरै सुधार गरेको कलेजका प्रवन्ध निर्देशक नेपालले जानकारी दिनुभयो । राम्रो शैक्षिक वातावरण भएको, दक्ष एवम अनुभवी शिक्षकद्धारा अध्यापन गराईने कलेजमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेहरुलाई पनि प्रोत्साहनका विभिन्न कार्यक्रमहरु रहेको उहाँले बताउनु भयो ।
उत्कृष्ट नतिजा दिन सफल शैक्षिक सस्थाका रुपमा चिनिएको कलेजमा विद्यार्थीहरुको आकर्षण र अविभावकहरुको भरोसा पनि बढ्दै गईरहेको पाइएको छ। कलेजले, सामुदायिक विद्यालय, सुदुरपश्चिम र कर्णाली प्रदेशका विद्यार्थीहरुलाई पनि भर्ना तथा मासिक शुल्कमा छुटको व्यवस्था गरिएको जनाएको छ ।