Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतले किन परीक्षण गर्न लाग्यो रुसको खोप ?

भारतले किन परीक्षण गर्न लाग्यो रुसको खोप ?

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.4K
    SHARES

  • भारतले किन परीक्षण गर्न लाग्यो रुसको खोप ?

    एजेन्सी । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण गरिने भएको छ ।

    स्पुत्निक –फाइभ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

    रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले आज दिएको जानकारीअनुसार भारतबाहेक साउदी अरबिया, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स र ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

    यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।

    परीक्षणको नतिजा आगामि अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिनुभयो । सो कोषले गत अगस्ट ११ मा सो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो ।

    अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।


    मंगलवार, भाद्र २३ २०७७०७:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij