काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा २ र बाजुराको मतगणना ततकाल सुरु गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
आज निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाउदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसतिको टोलीले अहिलेसम्म प्रभावीत मतगणना तत्काल सुरु गर्न आग्रह गरेको हो ।
आज आयोग कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलसहित उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलिया र आयुक्तहरुलाई भेट गरेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाएपछि काँग्रेसका वरिष्ठ नेता पौडेलले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएकोले तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताउनुभयो ।