Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाजुरामा पुनः मतदानको मागमा एमालेले सुरु गर्‍यो रिले अनशन

बाजुरामा पुनः मतदानको मागमा एमालेले सुरु गर्‍यो रिले अनशन

  • बुधवार, मंसिर १४ २०७९

  • 451
    SHARES

  • बाजुरामा पुनः मतदानको मागमा एमालेले सुरु गर्‍यो रिले अनशन

    काठमाडौं।नेकपा एमाले बाजुराले पुनः मतदानको माग राख्दै रिले अनशन सुरु गरेको छ। मार्तडीको खुला मञ्जमा एमालेले चारवटा माग राख्दै अनशन सुरु गरेको हो।

    एमालेले विद्यार्थी नेता चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने, कब्जा गरिएका बूथमा पुनः मतदान गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्न र पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहाइ गर्न माग गर्दै अनशन थालेको हो।

    बाजुरामा कांग्रेसले बूथ कब्जा गरेको एमालेको आरोप छ। सोही विवादका कारण मतगणना सुरु हुन सकेको छैन। मंसिर ४ गते भएको झडपमा प्रहरीको गोली लागेर सन्दीय अयडीको मृत्यु भएको थियो।

    त्यसकै भोलिपल्ट कांग्रेसका नेता कार्यकर्ताको कुटपिटबाट एमालेका विद्यार्थी नेता चेतन अयडीको मृत्यु भएको थियो।


    बुधवार, मंसिर १४ २०७९०२:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij