Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक आह्वान

स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक आह्वान

  • बुधवार, मंसिर १४ २०७९

  • 613
    SHARES

  • स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक आह्वान
    काठमाडौं । निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बोलाइएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन । 
     
    बुधबार(आज) बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन लागिएको हो । त्यसका लागि सबै दलका प्रतिनिधि बोलाएर छलफल सुरु गरिएको स्याङ्जा क्षेत्र नम्बर २ मा निर्वाचन  अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । 
     
    सो क्षेत्रमा एमाले उम्मेदवार एवं पूर्व मन्त्री पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।


    बुधवार, मंसिर १४ २०७९०५:०२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij