Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बैतडीमा बेपत्ता युवतीको शव हत्या गरेको अवस्थामा फेला, अर्की किशोरी घाइते अवस्थामा

बैतडीमा बेपत्ता युवतीको शव हत्या गरेको अवस्थामा फेला, अर्की किशोरी घाइते अवस्थामा

  • बुधवार, मंसिर १४ २०७९

  • 856
    SHARES

  • बैतडीमा बेपत्ता युवतीको शव हत्या गरेको अवस्थामा फेला, अर्की किशोरी घाइते अवस्थामा

    काठमाडौं । बैतडीमा हिजोदेखि बेपत्ता युवतीको शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा भेटिएको छ । उनीसँगै गएकी अर्की किशोरी घाइते छन् ।

    बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँकाअनुसार नेहा पनि धारिलो हतियारको प्रयोगबाट घाइते भएको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।

    प्रहरी निरीक्षक जोशीका अनुसार दुवै जना हिजो बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

    खोजी गर्ने क्रममा आज बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    बुधवार, मंसिर १४ २०७९०७:५३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij