Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गगनलाई संसदीय दलको नेता बनाउनेबारे काठमाडौं पुगेर छलफल गर्छु : शेखर कोइराला

गगनलाई संसदीय दलको नेता बनाउनेबारे काठमाडौं पुगेर छलफल गर्छु : शेखर कोइराला

  • बिहिवार, मंसिर १५ २०७९

  • 1.5K
    SHARES

  • गगनलाई संसदीय दलको नेता बनाउनेबारे काठमाडौं पुगेर छलफल गर्छु  : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं पुगेर गगन थापालाई संसदीय दलको नेता बनाउनेबारे छलफल गर्ने बताउनु भएको छ ।

    कोइरालाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गगन थापाले संसदीय दलको नेता बन्न गरेको प्रयत्नबारे आफूले काठमाडौं फर्केपछि सल्लाह गर्ने र निश्कर्षमा पुग्ने बताउनु भएको हो ।

    कोइरालाले अबको सत्ता गठबन्धनमा पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहने बताउदै केही थपिनु परे थपिने उहाँले बताउनु भयो ।

    गगन थापाले निर्वाचनअघि नै आफूले निर्वाचन जितेर गएपछि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने र प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने बताईसक्नु भएको छ । थापाबाहेक काँग्रेसमा आधा दर्जन नेताहरुले पनि आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन्।


    बिहिवार, मंसिर १५ २०७९०२:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij