काठमाडौं । बाजुरामा मतगणना सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वपक्षीय बैठकमा आज दिउँसो साढे ३ बजेदेखि मतगणना थाल्ने सहमति भएको हो ।
निर्वाचन आयोगले बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्न बुधवार निर्देशन दिएको थियो । तर, हिजो भएको सर्वपक्षीय बैठकमा नेकपा एमालेका प्रतिनिधि सहभागी नहुँदा मतगणना सुरु हुन सकेको थिएन ।
आज भएको सर्वपक्षीय बैठकमा एमाले प्रतिनिधि पनि सहभागी भएका र मतगणना गर्ने सहमति भएको अधिकृतको कार्यालयले जनाएको छ ।