Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी अध्यक्ष  प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

माओवादी अध्यक्ष  प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

  • बिहिवार, मंसिर १५ २०७९

  • 757
    SHARES

  • माओवादी अध्यक्ष  प्रचण्ड  र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न कांग्रेस सभापति खड्का बिहीबार(आज) दिउँसो दाहाल निवास खुमलटार पुग्नुभएको थियो ।
     
    दुईजनाबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा कुराकारी भएको खड्काको सचिवालयले जनाएको छ । वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने विषयमा सघन छलफल भइरहेका बेला प्रचण्ड र देउवाका विश्वासपात्र खड्काबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
     
    मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रचण्ड गोरखा–२ र खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । 
     


    बिहिवार, मंसिर १५ २०७९०४:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij