Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

न्यू डायमन्ड स्पोर्टस क्लबलाई आर्थिक सहयोग जुट्दै, समाजसेवी राईले गरे एक लाख बढी सहयोग 

न्यू डायमन्ड स्पोर्टस क्लबलाई आर्थिक सहयोग जुट्दै, समाजसेवी राईले गरे एक लाख बढी सहयोग 

  • शनिवार, मंसिर १७ २०७९

  • 407
    SHARES

  • न्यू डायमन्ड स्पोर्टस क्लबलाई आर्थिक सहयोग जुट्दै, समाजसेवी राईले गरे एक लाख बढी सहयोग 
    काठमाडौं । हङकङमा बस्दै आउनुभएका समाजसेवी रमेश राईले काठमाडौंको न्यू डायमन्ड स्पोर्टस क्लबलाई आर्थिक सहयोग गर्नुभएको छ । घरेलु भलिबलको चर्चित न्यू डायमन्ड स्पोर्टस क्लबले आफ्नै खेल मैदान निर्माणको लागी अहिले सहयोग अभियान चलाइरहेको छ । यसै सन्दर्भमा समाजसेवी राईले  १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो ।
     
    khel maidan.jpgआज न्यू डायमन्ड स्पोर्टस क्लब चन्द्रागिरी न.पा १३ पुरानो नैकापमा रहेको कार्यालयमै गएर समाजसेवी एवम् युवा अभियन्ता जनक सुनार र त्रिभुवन आर्मी क्लबबाट  घरेलु भलिभल खेल्दै आउनुभएकी नेपाली राष्ट्रिय महिला भलिभल खेलाडी सुनिता खड्काले उक्त रकम प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गर्नुभएको हो ।
    janak sunita and  kumar rai.jpg
    हङकङमा बस्दै आउनुभएका समाजसेवी राईले न्यू डायमन्ड स्पोर्टस क्लबले महिला भलिबलमा ठुलो योगदान  दिएको भन्दै आफूले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले ग्रासरुट खेलकुदमा सम्बन्धित संघको सहयोगबिना पनि प्रभावकारी उपलब्धि हासिल गरेको भन्दै प्रशिक्षक कुमार राईको प्रशंसा गर्नुभएको छ । समाजसेवी राईले न्यू डायमन्ड स्पोर्टस क्लबका खेलाडीहरूले घरेलु भलिबलमा राम्रो प्रदर्शन गरेको भन्दै अझैँ राम्रो गर्न पनि शुभकामना दिनुभएको छ ।
    ramesh rai.jpg
    सहयोग रकम बुझ्दै प्रशिक्षक राईले यसले आफूहरूलाई थप ऊर्जा मिलेको बताउनुभयो । उहाँले सहयोग गर्नुभएकोमा समाजसेवी राईलाई धन्यवाद दिँदै अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागी आह्वान गर्नुभयो ।
     
    काठमाडौंमा विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्न सक्रिय रहेको क्लबले आधा दर्जन राष्ट्रिय खेलाडी जन्माई सकेको छ । प्रशिक्षक राईले नेपाली महिला भलिबलमा क्रान्ति ल्याउन सुरु गरेको अभियानले दशकपछि सार्थकता पाउँदै छ । अहिले न्यू डायमन्ड क्लब नेपाली भलिबलमा प्रतिष्ठित बनिसकेको छ । क्लबले अहिले आफैंले प्रतियोगिता पनि आयोजना गरिरहेको छ । त्यसबाहेक क्लबले नेपाली भलिबलको इतिहासमै पहिलोपल्ट खेलाडीलाई पारिश्रमिकको व्यवस्थासहित वर्षभरि अनुबन्ध गर्ने कार्य थालनीलाई गृहकार्य गरिरहेको छ । 


    शनिवार, मंसिर १७ २०७९०४:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij