Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा-२ मा धनराज गुरुङको जित निश्चित

स्याङ्जा-२ मा धनराज गुरुङको जित निश्चित

  • शनिवार, मंसिर १७ २०७९

  • 714
    SHARES

  • स्याङ्जा-२ मा धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ ।

    जारी मतगणनामा ५ हजार २१७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९७५ को मतान्तरको अग्रता लिनुभएको छ ।

    यहाँ ७० हजार १९९ मत खसेको थियो । त्यसमध्ये ६४ हजार ९५४ मतगणना भएको छ । जसमध्ये कांग्रेस उम्मेदवार गुरुङले २९ हजार ५६६ मतसहित अग्रता लिइरहनुभएको छ ।

    नेकपा एमालेकी सचिव पद्मा अर्यालले २३ हजार ५९१ मतसहित पछ्याइरहनुभएको छ । गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७५ छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ मत ल्याउनुभएको छ ।


    शनिवार, मंसिर १७ २०७९०५:३७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij