Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दोलखामा एमालेका शिवाकोटीलाई हराउँदै माओवादी केन्द्रका कार्की निर्वाचित

दोलखामा एमालेका शिवाकोटीलाई हराउँदै माओवादी केन्द्रका कार्की निर्वाचित

  • सोमवार, मंसिर १९ २०७९

  • 1.1K
    SHARES

  • दोलखामा एमालेका शिवाकोटीलाई हराउँदै माओवादी केन्द्रका कार्की निर्वाचित
    काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्नुभयो भने शिवाकोटीले  ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो ।
     
    दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । उहाँले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने  एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । 
     
    जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो । 


    सोमवार, मंसिर १९ २०७९०९:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij