Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रदेशले पाँच वर्षमा औचित्य पुष्टि गर्न नसके विघटन हुन्छ : गगन थापा

प्रदेशले पाँच वर्षमा औचित्य पुष्टि गर्न नसके विघटन हुन्छ : गगन थापा

  • मंगलवार, मंसिर २० २०७९

  • 2.1K
    SHARES

  • प्रदेशले पाँच वर्षमा औचित्य पुष्टि गर्न नसके विघटन हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रष्ट हुने बताउनुभएको छ।

    विराटनगरमा आज गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले यस्तो बताउनुभएको हो ।

    ‘प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ’, उहाँले भन्नुभयो। थापाले प्रदेशलाई बलियो बनाउन कांग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताउनुभयो । तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको थापाको भनाइ थियो ।

    उहाँले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो । सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उहाँले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताउनुभयो ।

    वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेको र यसलाई समाधान नगर्ने हो भने संकटमा जाने पनि उहाँको भनाइ थियो ।

    कांग्रेसले ५ वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभइ ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उहाँले बताउनुभयो ।


    मंगलवार, मंसिर २० २०७९०६:०३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij