Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्यो

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्यो

  • बुधवार, मंसिर २१ २०७९

  • 552
    SHARES

  • हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्यो

    काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो।

    अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन्। दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।

    यद्यपि, जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेका थिए ।


    बुधवार, मंसिर २१ २०७९०२:४६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij