Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न–कुन कानुनअनुसार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो ?

संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न–कुन कानुनअनुसार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो ?

  • बुधवार, मंसिर २१ २०७९

  • 526
    SHARES

  • संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न–कुन कानुनअनुसार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो ?
    काठमाडौं । सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भयो भनेर पत्र लेखेको भन्ने प्रश्न सोधेको छ । 
     
    सर्वोच्च अदालतका सह रजिस्ट्रार नारायणप्रसाद रेग्मीले आज संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै तत्काल जानकारी उपलब्ध गराउन भन्नुभएको छ ।
     
    संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि विवाद बढेको हो । सोही सम्बन्धमा आज सर्वोच्च अदालतको पूर्ण बैठकले संसद् सचिवालयका महासचिवसँग यसबारे औपचारिक जानकारी लिने निर्णय गरेको थियो । सोही आधारमा सह रजिस्ट्रार रेग्मीले महासचिव गौतमलाई पत्र लेख्दै प्रश्न गर्नुभएको हो ।
     
    ‘नव निर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नु भएको हो ?’ सर्वोच्चले संसद् सचिवालयका महासचिवलाई लेखेको पत्रमा सोधिएको छ ।
     
    sarbochha_xGJzOtgZAu.jpg
     


    बुधवार, मंसिर २१ २०७९०४:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij