Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने नेतृत्वको रास्वपामा विवाद, समानुपातिक छनोटमा असन्तुष्टि

रवि लामिछाने नेतृत्वको रास्वपामा विवाद, समानुपातिक छनोटमा असन्तुष्टि

  • बिहिवार, मंसिर २२ २०७९

  • 731
    SHARES

  • रवि लामिछाने नेतृत्वको रास्वपामा विवाद, समानुपातिक छनोटमा असन्तुष्टि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन् ।

    समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन्।

    उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् । धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताएका छन् ।

    रास्वपाका कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेको बताएका छन् ।


    बिहिवार, मंसिर २२ २०७९०२:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij