Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेसले सातै प्रदेशमा एक हप्ता कार्यक्रम गर्ने

काँग्रेसले सातै प्रदेशमा एक हप्ता कार्यक्रम गर्ने

  • बिहिवार, भाद्र २५ २०७७

  • 990
    SHARES

  • काँग्रेसले सातै प्रदेशमा एक हप्ता कार्यक्रम गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सातै प्रदेशमा कोरोना महामारीको विषयलाई लिएर अन्तर्कियात्मक कार्यक्रम गर्न लागेको जनाएको छ। कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो।

    उक्त समितिका संयोजक तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनको संयोजकत्वमा रहेको सो समितिले बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक साताव्यापी कार्यक्रम तय गरेको हो। उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

    भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भ र सरकारको भूमिका तथा हाम्रो दृष्टिकोण’ विषयकमा नेता, कार्येकर्तासँग छलफल तथा अन्तरक्रिया गरिने छ । कोरोनाले पारेको समस्या रा यसका अन्य विविध विषयहरुका बारेमा देशका सबै क्षेत्रका व्यक्तहरुसँग यो अन्तरक्रिया गर्न लागिएको डा महतले जानकारी दिए ।

    उक्त समितिले प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको जनाएको छ।

    सो समितिले कोरोना रोकथाम तथा नियन्त्रणबारे सरकारले गरिरहेका कामकारबाहीको कांग्रेसले अनुगमन गर्दै सुझावसमेत दिने गरेको छ।

    काँग्रेसको सो समितिले काठमाडौमा पनि हरेक हप्ताजस्तो विभिन्न क्षेत्र, समुदाय, बर्ग, पेशागत संघमहासंघ, उद्योगी व्यवसायी आदिसँग छलफल र अन्तरक्रिया गरेर उनीहरुका गुनासोहरु सुनेर ती व्यक्तिका पेशा र व्वयसायमा परेका समस्याहरुको बारेमा जानकारी लिने काम गरेको छ । उक्त अनुगमन समितिले यस विषयमा सरकारको ध्यानाकर्षण गराई आवश्यक सहयोग र समन्वयनका लागि दवाब दिँदै आएको छ ।


    बिहिवार, भाद्र २५ २०७७१२:२५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij