Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, आजै आदेश दिने तयारी

प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, आजै आदेश दिने तयारी

  • शुक्रवार, मंसिर २३ २०७९

  • 672
    SHARES

  • प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, आजै आदेश दिने तयारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर बहस सकिएको छ ।

    सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । बहस सकिएसँगै आजै आदेश दिने तयारी भइरहेको छ ।

    संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा हुनुहुन्छ ।

    राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उहाँमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो ।


    शुक्रवार, मंसिर २३ २०७९०१:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij