Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

विप्लव भन्छन्ः संघीयताको औचित्य रहेन

विप्लव भन्छन्ः संघीयताको औचित्य रहेन

  • शुक्रवार, मंसिर २३ २०७९

  • 513
    SHARES

  • विप्लव भन्छन्ः संघीयताको औचित्य रहेन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा संघीयताको औचित्य नरहेको बताउनुभएको छ ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औँल्याउनुभयो ।

    उहाँले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको देखाएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको भन्दै राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने बताउनुभयो ।

    नेपालमा अझै सम्म क्रान्ति नसकिएको हो भन्ने पत्रकारहरूको जिज्ञासामा विप्लवले आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण गर्नु रहेको बताउनुभयो।

    उहाँले सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको जनाउँदै थप संकटतर्फ धकेलेको जनाउनुभयो।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताउनुभयो ।

     


    शुक्रवार, मंसिर २३ २०७९०१:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij