Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै छः प्रधानमन्त्री देउवा

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै छः प्रधानमन्त्री देउवा

  • शुक्रवार, मंसिर २३ २०७९

  • 605
    SHARES

  • भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै छः प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

    भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै देउवाले भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

    भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको पनि उहाँको भनाइ थियो । साथै भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

    भ्रष्टाचार समाजको कलंकको रूपमा रहेको भन्दै यसको नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले भन्नुभयो ।

     


    शुक्रवार, मंसिर २३ २०७९०२:३८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij