काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली दिल्ली क्यापिटलले आज नेपाली क्रिकेटर सन्दीपलाई बाघको संज्ञा दिएको छ । दिल्ली सन्दीप आबद्ध आइपिएल टोली हो ।
हालै सामाजिक सञ्जालमा सन्दीपको तस्बिर पोस्ट गर्दै दिल्लीले सन्दीप गर्जन तयार भएको बताउँदै दिल्लीका पेजहरुलाई लाइक र फलो गर्न सबै फ्यानलाई आग्रह गरेको छ ।
'सन्दीप गर्जनका लागि तयार छ', दिल्लीले नेपाली भाषामा लेखेको छ ।
साथै, उसले अग्रेजी भाषामा लेखेको छ, ‘बाघको गर्जनमा सहभागि हुनुहोस्, त्यसका लागि दिल्ली क्यापिटललाई फलो गर्नुहोस् !’
दिल्लीले सन्दीपका तस्बिर राखेर प्रशंसासहित सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छ ।
आगामि अगस्ट १९ देखि आइपिएल सुरु हुँदैछ । दिल्लीको खेल अगस्ट २० मा किङ्स इलेभेन पञ्जाबसँग छ ।
