Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

  • आइतवार, मंसिर २५ २०७९

  • 454
    SHARES

  • विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

    काठमाडौं । जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

    गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो।

    यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन्। जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन्।

    यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो भने क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारसमा स्थान बनाएको हो।

    दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन्। यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बायात स्टेडियममा सुरु हुनेछ। फाइनल भिडन्त भने पुस ३ गते अर्थात् अर्को आइतबार हुनेछ।


    आइतवार, मंसिर २५ २०७९०८:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij